दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

नगरपालिका तथा वडा नम्बर ४ को वार्षिक कार्यक्रम अन्तरगत दुई लाख बजेटबाट विभिन्न सामाग्रीहरु खरिद गरेर वडा नम्बर ४ भित्रका ११ जना जेष्ठ नागरिक एबं बृद्धबृद्धा, १९ जना एकल तथा बिधवा महिला र ३५ जना दलित जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकसहित सामाजिक सुरक्षा प्राप्त गर्दै आएका ६५ जना नागरिकहरुलाई स्विटर, चवनप्रास, साबुन, मास्क लगायत सामाग्रीहरु प्रदान गरेर सम्मान गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष एबं नगरप्रवक्ता पुष्करराज जोशीले बताउनुभयो ।

जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा पाउँदै आएका ६५ जनालाई नगरप्रमुख हंशराज भट्ट, उपप्रमुख सुना बोहरा लगायतले उपहार सामाग्री प्रदान गरेर सम्मानित गर्नुभएको हो ।

गतवर्ष महाकाली नगरपालिकाको वडा नम्बर ५ मा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

फोटो सौजन्य : पत्रकार ईन्द्र साउँद 

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?