दार्चुला । दार्चुलामा हाल ५ जना मात्रै कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
हाल सम्म जिल्लामा तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीन सय ११ जना कोरोना संक्रमण मुक्त भएको जिल्ला सस्वाथ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
जिल्लामा ९ ओटै स्थानीयतह बाट हाल सम्म ३ हजार ८ सय बढीको पिसिआर परिक्षणको गरिएकोमा तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये अहिले मार्मा गाउँपालिकाका पाँच जना मात्रै संक्रिय संक्रमित रहेका छन ।
अन्य ८ स्थानीय तह तत्कालको लागी कोरोनाका संक्रिय संक्रमित शुन्य रहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।




