दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार (आज) दार्चुला सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ । नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रिय निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको संसद विघटनको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गरिएको हो ।

देशभरी विरोध प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार दार्चुला जिल्ला सदरमुकाम खलंगामा पनि विरोध र्याली सहित प्रदर्शन गरिएको नेताहरुले बताएका छन् । नेकपा दार्चुला जिल्ला कमिटीको आयोजनामा गरिएको उक्त विरोध प्रदर्शनमा अधिकासं पूर्व माओबादीका नेताहरु र केहि पूर्व एमालेका नेताहरुको समेत सहभागिता रहेको थियो । नेकपा जिल्ला कमिटी अध्यक्ष गणेश सिंह खत्रीको अध्यक्षतामा भएको विरोध सभामा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज लक्ष्मण दत्त जोशी प्रमुख आतिथ्यता रहेको नेकपा युवा नेता हरिश भट्टले जानकारी दिनुभयो । कार्यक्रममा प्रचण्ड–माधव समुहका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो । विरोध ¥यालीमा प्रतिगमनकारी शक्ति मुर्दाबाद, संसद विघटन गर्न पाइदैन, नेकपा एकता जिन्दाबाद लगायत नाराहरु लगाइएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी सह इन्चार्ज लक्ष्मणदत्त जोशीले प्रधानमन्त्री केपी सर्मा ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको धारणा राख्नुभयो । ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्ने बेला आएको नेता जोशीको भनाई छ ।  संबैधानिक निकायहरुले असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको नेता जोशीले बताउनुभयो ।

उपल्लो तहका नेताहरु आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कार्यकर्ता र अधिकासं शुभचिन्तक मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता दाहाल–नेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि दार्चुलाका अधिकासं कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएको पाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?