प्रधानमन्त्री कप महिला क्रिकेटः सुदूरपश्चिम ५ विकेटले पराजीत

दार्चुला । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएको छ ।

लगातार दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दाङको लमहीमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । प्रदेश १ को लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् ।

यसअघि खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?