दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७७ मा सहभागी हुनका लागि आवेदन आह्वान गरेको छ ।
परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नुपर्नेछ ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।
यसवर्षको एसईई आगामी जेठमा गर्ने बोर्डको तयारी छ । बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र २०७८ जेठसम्ममा परीक्षा लिइसक्ने गरि तयारी गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।
जेठसम्म परीक्षा सञ्चालन गर्न नसकिए शैक्षिक सत्र खेर जान सक्ने उहाँको भनाइ छ ।





प्रतिक्रिया