दार्चुला । आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन् ।
भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् । पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।
भारतका कप्तान कोहलीसंग ८ सय ७९ रेटिङ्ग प्वाइन्ट रहेको छ । यस्तै, स्मिथसंग ८ सय ७७ रेटिङ्ग प्लाइन्ट रहेको छ ।
सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेलेर ४ सय ९८ रन बनाएका छन । २०२० मा उनको औसत ८३ रन रहेको छ । यो वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गरेका छन ।
शीर्ष ३ ब्याट्सम्यानसंगै चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहेका छन । टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा छन ।





प्रतिक्रिया