आगोमा जलेर बैतडीमा एक बालिकाको ज्यान गयो

दार्चुला । बैतडीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्ब्र ३ साउन खेतकी २ बर्षीया रेखा साउँदको आगोमा जलेर ज्यान गएको हो ।

रेखाका दाजु ४ बर्षीय दिपेश साउँदले घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ ।

बिहीबार (आज) अपरान्ह ४ बजेको समयमा दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ, भने स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनास्थल गाँजरी प्रहरी चौकीबाट ४ घण्टाको पैदलदुरीमा रहेको बताइएको छ । भोली जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी टोली जाने बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?