दार्चुला : मार्मा गाउँपालिकाका थप ४ जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि हो ।

पुष १० गते गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भए पछि २३ जनाको स्वाँव संकलन गरि परिक्षणको लागी डडेल्धुरा अस्पताल पठाएकोमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जन स्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो ।

आज कोरोना पुष्टि भएकाहरुमा गाउँपालिकाका वडा नम्बर ३ का ३५ र ३० बर्षिय २ जना पुरुष र वडा नम्बर ४ का २८ बर्षिया महिला र ८ बर्षिया एक बालिका रहेको उहाँले जानकारी दिनुभयो ।

आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय २० पगेको छ ।

कोरोना संक्रमण पुष्टि भएका ३ सय २० जना मध्ये ३ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन, भने हाल मार्मा गाउँपालिकाका मात्रै ९ जना संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?