दार्चुला । नेपाली काग्रेशका केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री एबं विघटित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमको सिलसिलामा शुक्रबार (आज) लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता पुग्नुभएको छ ।
सोमबार दार्चुलाको मार्मा गाउँपालिकामा नेपाल सरकारले असम्बैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्नुभएका नेता बडूले त्यसपछि शैल्यशिखर, व्याँस, दुहुँ हुदै लेकम क्षेत्रमा कार्यकर्ता भेटघाट गरेर आजै काठमाण्डौँका लागि प्रस्थान गर्नुभएको छ।
नेता बडूले प्रधानमन्त्री केपी सर्मा ओलीको संसद विघटन गर्ने कदम संविधान माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो । प्रतिनिधिसभा विघटन असम्बैधानिक र अलोकतान्त्रिक भएकोले संबिधानको रक्षाका लागि काग्रेश प्रतिरोधमा उत्रिएको उहाँको भनाई छ । वर्तमान सरकारले जनमतको अपमान गरेर संबिधान समाप्त पार्न खोजेको नेता बडूको आरोप छ ।
विकास र समृद्धिका सपना देखाएको कम्युनिष्ट सरकारले केहि काम गर्न नसकेको नेता बडूको आरोप छ । काग्रेश लोकतान्त्रीक पार्टी भएकोले संबिधानको रक्षार्थ संसद पुनस्थापनाको पक्षमा उभिएको र सर्बोच्चको फैसलापछि चुनाब हुने अवस्था आएमा चुनावमा होमिने उहाँको भनाई छ ।
नेता बडूले कार्यकर्ता भेलालाई सम्बोधन गरेको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
नेकपा केन्द्रिय सदस्य तथा वर्तमान सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना संसद विघटन भएपछि मन्त्री भएकोमा काग्रेश नेताहरुले असन्तुष्टी व्यक्त गर्दै आलोचना गरेका छन् । नेपाली काग्रेशले नेकपालाई पाँच वर्ष सरकार चलाउन कुनै अवरोध गर्न नखोजेपनि घर झगडा र व्याक्तिगत स्वार्थका कारण तीन वर्षमै संसद विघटन गरेर जनमतको अपनान गरेको नेता बडूको भनाई छ ।

भूपू सैनिक संघ दार्चुलाका अध्यक्ष एबं नेपाली काग्रेश लेकम गाउँपालिका समिति सभापती तुला गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेता बडूको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, काँग्रेस जिल्ला उपसभापति ललित सिंह ठगुन्ना, जिल्ला सचिव हरक बिष्ट, नेपाली काँग्रेस दार्चुलाबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिक्रम सिह धामी, प्रदेश सभाको गत निर्वाचनका उम्मेदवारद्धय मदन गिरी र जगदिश बहादुर पाल, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी लगायत काँग्रेस दार्चुलाका पदाधिकारी, पुर्व पदाधिकारी लगायत नेता कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेश नेता बिक्रम सिंह धामीले राजनीति पेसा र सेवा नभइ धर्म भएकोले राजनीतिक संस्कार सुधार हुनुपर्ने आवश्यकता औल्याउनुभयो । अहिलेका नेताहरु राजनीतिक धर्मबाट बिचलित भएको प्रति संकेत गर्दै उहाँले राजनीतिलाई सहि मार्गमा डोर्याउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेकोमा नेता धामीले जोड दिनुभयो ।

काग्रेश नेता मदन गिरीले कम्युनिष्ट सरकारले विकास गर्न नसकेको बताउदै काग्रेशको पालामा अहिलेको भन्दा बढी विकास भएको दाबी गर्नुभयो । सडकहरुमा कम्युनिष्ट सरकार आएपछि बजेट घटेको उल्लेख गर्दै उहाँले विकासका लागि काग्रेशलाई रोज्न अनुरोध गर्नुभयो । काग्रेश दार्चुलाका उपसभापती ललित ठगुन्नाले कम्युनिष्टहरु कमाउनिष्ट भएको आरोप लगाउनुभयो । सचिब हरक बिष्टले संगठन शुदृढिकरणमा ध्यान दिन नेता, कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
कार्यकर्ता भेटघाट तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा भारतीय राजदुतावासबाट भूपू संनिक संघ दार्चुलालाई प्राप्त एम्बुलेन्स लेकम गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेता बडूले एम्बुलेन्सको चाबी वडाअध्यक्षहरुलाई हस्तान्तरण गर्नुभएको हो । यद्धपी उक्त एम्बुलेन्स यसअघि नै गाउँपालिकालाई हस्तान्तरण भइसकेको बताइएको छ ।

उक्त कार्यक्रममा छ जनालाई नेता बडूले टिका लगाएर पार्टीमा स्वागत गरेको नेबि संघ दार्चुलाका सचिब हरि जोशीले बताउनुभयो । कार्यकर्ता भेटघाटको क्रममा दार्चुलाका अधिकासं स्थानीय तहमा पुगेका नेता बडूले ५० बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरेको नेपाली काग्रेश दार्चुलाले जनाएको छ।

नेता बडूले कार्यकर्ता भेलालाई सम्बोधन गरेको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस






