दार्चुला । बैतडीमा स्काभेटर दुर्घटना भएको छ ।
जिल्लाको मेलौली पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा नम्बर ३ मा पर्ने ठुलाखोला भन्ने ठाँउमा स्काईभेटर दुर्घटना भएको हो ।
शनिबार (आज) दिउसो १ बजेको समयमा क्रसर मेसिनका समाग्री अन्लोड गर्दा बा २ क २०६ नम्बरको स्काभेटर पल्टिएर चालक समेत रहेका कैलाली निङाली घर भएका २६ वर्षीय हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक धामीले जानकारी दिनुभयो ।
अहिले इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थल तर्फ गइरहेको र थप बिवरण आउन बाकी रहेको जनाइएको छ ।





प्रतिक्रिया