डोटीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर २ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर १० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा रहेका अर्का एक जना सामान्य घाइते भएका छन्।

टयाक्टर भीरबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?