बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

धनगढीबाट बझाङ तर्फ गईरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नम्बर ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो । चालक नरेन्द्र महराको दुबै खुट्टा भाचिएका छन भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।

घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?