दार्चुला । सडक विवादको कारण लेकम गाउँपलिका वडा नम्बर ३ मा लगाइएको तालाबन्दी खुलेको छ ।

भर्तोला–उकु–लाली–सेरा सडक खण्डको डिपिआर तयार भएको बाटो भन्दा फरक ठाउँबाट सडक निर्माण गर्न लागीएको भन्दै पुस २१ गते वडा नम्बर ३ लालीका स्थानीयले वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

वडा कार्यालयमा तालाबन्दी गरेपछि आज वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशी र लालीका स्थानीयहरु विचको सहमती पछि वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलेको स्थानीय डम्बर भण्डारीले जनाकारी दिनुभयो ।

भार्तौला ,उकु, सेरा सडक खण्डलाई पुर्व डिपिआर अनुसार नै महाकाली नदि किनारमा सडक निर्माण गरिने सहमती पछि ताला खोलिएको उहाँले बताउनुभयो । सडक निर्माणमा कुनै पक्षले अबरोध गरेमा फेरि आन्दोलन गर्ने पनि स्थानीयहरुले बताएका छन ।

प्राविधिकहरुले डिपिआर तयार पारेको ठाउँबाट अन्य ठाउँमा सडक निर्माण गर्नु अन्यायपुर्ण भएको भन्दै डिपिआर अनुसार नै सडक निर्माण गरिनुपर्ने स्थानीयहरुको माग छ ।

संघीय (केन्द्र) सरकारको एक करोड ७२ लाख लागतमा निर्माण गरिन लागेको उक्त सडकको कार्यान्वयन सडक डिभिजन कार्यालय पाटनबाट भइरहेको छ । निर्माण व्यवसायी बिकास चन्दको कम्पनीसंग ठेक्का सम्झौता भएर काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?