लेकम गाउँपालिकामा विद्यार्थी प्रतिभा पहिचान : माबि चौपाता प्रथम

दार्चुला । लेकम गाउँपालिकाले आधारभुत र माद्यमिक तहस्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा लटिनाथ नमुना माबि चौपाता प्रथम भएको छ ।

विहिबार साबिकको स्रोतकेन्द्र स्तरीय पहिलो चरणको हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गरेर आज गाउँपालिकाको कार्यालय खरकडामा फाइनल प्रतिस्पर्धा भएको थियो । आधारभुत तह स्तरीय हाजिरिजवाफ प्रतियोगिता र माद्यमिक तहस्तरीय बादबिबाद प्रतियोगिताको आयोजना गरिएको लेकम गाउँपालिका शिक्षा शाखाका स्रोत व्याक्ति मोहनदेब बिष्टले जानकारी दिनुभयो ।

हाजिरिजवाफ प्रतियोगितामा लटिनाथ नमुना माबि चौपाता प्रथम, हुनैनाथ माबि रातामाटा द्धितिय, कृष्ण माबि लाली तृतिय र ऐडिबाग माबि मैखोलीले सान्वना स्थान प्राप्त गरेको छ ।

बैदेशिक रोजगारीभन्दा स्वदेशमै कृषक बन्नु बेस विषयक बादबिबाद प्रतियोगितामा लटिनाथ नमुना माबि चौपाता प्रथम, मालिकार्जुन माबि तेलिगाउँ द्धितिय, गल्लाकेदार माबि खरकडा तृतिय र हुनैनाथ माबि सर्मोलीले सान्वना स्थान प्राप्त गरेको छ ।

प्रथम टिमलाई एक हजार, द्धितियलाई आठ सय र तृतिय टिमलाई छ सय नगद पुरस्कारका साथै शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको अवसरमा लेकम गाउँपालिका शिक्षा शाखाले चैत मसान्तभित्र सेवा निबृत हुनलागेका तीन जना शिक्षक भैरबनाथ आधारभुत बिध्यालय श्रीरपुरका प्रधानाध्यापक केशवराज बिष्ट, सरस्वती आधारभुत बिध्यालयका शिक्षक गणेश दत्त भट्ट र सारदा आधारभुत बिद्यालयका शिक्षक माधब प्रसाद भट्टलाइ दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख कुमारी लक्ष्मी बिष्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधबी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?