मन्त्री ठगुन्नाको गृह जिल्लामा स्वागत, देखिने गरेर काम गर्ने प्रतिबद्धता

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाको गृह जिल्ला दार्चुलामा बाजागाजासहित भव्य स्वागत गरिएको छ । शनिबार धनगढीबाट दार्चुलाको गोकुलेश्वर, मालिकार्जुन हुदै खलंगा प्रस्थान गर्नुभएका दार्चुलाबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य एबं मन्त्री ठगुन्नाको गोकुलेश्वर, बगौँरा, मालिकार्जुन लगायत विभिन्न स्थानमा स्वागत गरिएको हो ।

शनिबार बेलुकी गोकुलेश्वर पुग्नुभएका मन्त्री ठगुन्नालाई बाजागाजासहित स्थानीयले अबिर र खादा ओढाएर भव्य स्वागत गर्नुका साथै बधाई ज्ञापन गरेका छन् । गोकुलेश्वरमा आयोजित स्वागत कार्यक्रममा आफ्नो संक्षिप्त धारणा राख्दै मन्त्री ठगुन्नाले जनताको माया र सदभावका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।

केहि राजनीतिक जटिलताका बिचमा सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले अवरोधहरुको सामना गर्दै निर्वाध रुपमा सरकार तिब्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो । नेकपा अहिलेपनि नफुटेको बताउदैँ मन्त्री ठगुन्नाले कानुनले पनि राजनीतिक दल विभाजन गर्न सकिने अवस्था नरहेकोले आधिकारिकताको टुगों लाग्ने वित्तिक्कै नेकपाको मुलधार बाहिर गएको समुहपनि आफ्नै ठाउँमा फर्किने धारणा राख्नुभयो ।

नेकपाको आधिकारीकता टुंगो लागेपछि सबै समस्या समाधान हुने उहाँको भनाई छ । दार्चुलेली जनताको अमुल्य मतको सम्मान गर्दै प्रधानमन्त्री केपी सर्मा ओलीले आफुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरेको स्मरण गर्दै उहाँले सम्पुर्ण मतदाता एबं न्यायप्रेमी जनतालाई धन्यबाद ज्ञापन गर्नुभयो । दार्चुलाले मन्त्री पाउँनु दार्चुलेली जनताको जित भएको उहाँको भनाई छ ।

दार्चुलामा २०४६ सालमा घरघरमा काग्रेश भएको अवस्थामा २०५१ सालमा कम्युनिष्टको झण्डा फहराउन सफल भइएको बताउदै उहाँले दार्चुलाको कम्युनिष्ट आन्दोलन विभाजन नहुने विश्वास व्यक्त गर्नुभयो । दार्चुला सदरमुकाम खलंगामा यहि पुष २७ गते जिल्लास्तरीय कार्यक्रम हुने भएकोले सहभागिताका लागि उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

आफ्नो कार्यकाल भित्र दार्चुलाका गाउँठाँउको विकासका साथै देशका लागि दार्चुलेली जनताको नाम अमर रहने काम गर्ने धारणा राख्नुभयो । जनताको मन जित्ने हिसाबले दिन दुई गुना रात चौगुना अर्थात छोटो समयमै महत्तपुर्ण कामहरु गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा नेता, कार्यकर्ताले जनताको बिचमा जादा देखाएर भन्न सकिने काम गर्ने धारणा राख्दै उहाँले स्थानीय देखि राष्ट्यि निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने दाबी गर्नुभयो ।

शैल्यशिखरमा काग्रेशले एकलौटी गरिरहेको कारण जनताको मन खिन्न भएको हुनसक्ने बताउदै उहाँले आफ्नो राजनीतिलाई दाउमा राखेर भएपनि शैल्यशिखरमा नेकपाको जित सुनिश्चित हुने ढंगले आफुले काम गर्ने धारणा राख्नुभयो ।

लेकम गाउँपालिकामा पनि नेकपाले नेतृत्व गरिरहेको भएपनि अल्पमतमा भएर चाहेजति काम गर्न नपाएको उहाँको भनाई छ । दार्चुलाको समग्र विकासका लागि आफुले काम गर्ने मन्त्री ठगुन्नाले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री ठगुन्नालाई शैल्यशिखरको गोकुलेश्वर, बगौरा बजारका साथै मालिकार्जुनको मालिकार्जुन मन्दिरमा भव्य स्वागत गरिएको स्थानीयले बताएका छन् ।

छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, उभिएका मानिसहरू, people dancing तथा बाहिरी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?