दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवन थकतोली सार्ने निर्णय गरेको भन्दै शुक्रबार बाट शंकरपुर बजार व्यवस्थापन समिति र स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाको प्रशासकिय भवन शंकरपुर बजार क्षेत्रकै आसपासमा हुुनुपर्ने मागसहित व्यापारी लगायत स्थानीयले तालाबन्दी गरेको स्थानीय रामसिंह धामीले बताउनुभयो । शुक्रबारबाट प्रशासकिय भवन साविककै ठाँउ नजिक हुर्नुै पर्ने माग राख्दै गाउँपालिकाका कार्यलयमा तालाबन्दी गरिएको भए पनि गाउँपालिकाको तर्फ बाट कुनै त्यसको लागी कुनै पहल नभएको भन्दै स्थानीयहरुले आज थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
तालाबन्दी गर्ने पक्षले गाउँपालिकाको निर्णय फिर्ताका लागि सुरेशसिह धामीको अध्यक्षतामा १५ सदस्यीय संर्घष समिति गठन गरेका छन् । संर्घष समिति अध्यक्ष सुरेश धामीको अध्यक्षतामा आज बसेको संर्घष समितिको बैठकले कार्यालयमा लगाएको तालाबन्दी जारी राख्ने, गाउँपालिका कार्यलय अगाडी रात्रीकाली धर्ना दिने, भोली विहान नौ बजे देखि शंकरपुर बजार क्षेत्र बन्द गर्ने लगायतका नियर्णहरु गरेको स्थानीय धामीले बताउनुभयो ।
गाउँपालिकामा तालाबन्दी हुदा कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । गाउँपालिकाले दिने सम्पुर्ण कामकाज बन्द हुदाँ सेवाग्राही समस्यामा परेका छन् ।




