दार्चुला । दार्चुला सहित सुदूरपश्चिममा आज भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ९ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाको सुनसेरा आसपास रहेको जनाईएको छ । भूकम्पले गरेको क्षतीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
यसअघि पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।




