दार्चुला। दार्चुलामा पछिल्लो समय मानिस हराउने क्रम बढ्दै गएको छ ।
चालु आर्थिक बर्षको हाल सम्म दार्चुलाबाट ३३ जना बेपत्ता भएको उजुरी परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ ।
चालु आर्थिक बर्षको हाल सम्म २३ महिला ५ पुरुष र ५ जना बालबालिका गरि ३३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले बताउनुभयो ।
बेपत्ता भएका ३३ जना मध्ये १ पुरुष, ५ महिला र १ बालक गरि ७ जना फेला परेको प्रहरीको तथ्याङ्क रहेको छ । यस्तै दार्चुलामा आर्थिक बर्ष २०७३÷०७४ बाट हाल सम्म २ सय २५ जना बेपत्ता भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बेपत्ता हुनेमा पुरुषको तुलनामा महिला तथा बालिकाको संख्या बढी रहेको छ ।
प्रहरीको तथ्याङक अनुसार दार्चुलामा आर्थिक बर्ष २०७३÷०७४ मा २० महिला, तीन पुरुष, तीन बालक र छ बालिका गरी ३४ जना बेपत्ता भएका छन ।
त्यस्तै आर्थिक बर्ष २०७४÷०७५ मा २० महिला, चार पुरुष, दुई बालक र छ बालिका गरी ३३ जना हराएका छन् । आर्थिक बर्ष २०७५÷०७६ मा ३५ महिला १० बालक र १९ बालिका गरी ६४ जना आर्थिक बर्ष २०७६÷०७७ मा ३९ महिला, १४ बालक र नौ बालिका गरी ६२ जना र आर्थिक बर्ष २०७७÷०७८ को हाल सम्म ३३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७३÷०७४ देखि हाल सम्म दार्चुलामा एक सय ३७ महिला,७६ बालबालिबार १२ पुरुष गरि जम्मा दुई सय २५ जना बेपत्ता भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दले बताउनुभयो ।
बेपत्ता भएकाहरुमध्ये एक सय ५९ जना फेला परेको प्रहरीले जनाएको छ ।




