बैतडीमा किशोरी बलात्कार गरेको आरोपमा १ जना पक्राउ

दार्चुला । बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का २३ वर्षीय प्रविन चन्द रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चन्दलाई स्थानीय १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा गएराती पक्राउ गरिएको हो ।
पुस १५ गते किशोरीको घरमै गएर बलात्कार गरेको पक्राउ परेका ती युवकमाथि लागेको छ ।

सामूहिक रुपमा उक्त बलात्कारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

उक्त घटनामा थप अरुको पनि संलग्नता रहेको बुझिन आएको छ , घटनामा संलग्न अरुको खोजी कार्य जारी भइरहेको प्रहरीको भनाई छ ।घटनाको थप अनुसन्धान भइरहेको र त्यसपश्चात थप कुरा बाहिर आउने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

पीडित किशोरीको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

चालु आर्थिक बर्षमा हालसम्म बैतडीमा बलात्कारका ५ वटा घटना भइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?