दार्चुला । बैतडीको पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई बलत्कार गर्ने थप एक जना पक्राउ परेका छन ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का धर्मेन्द्र चन्द कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
किशोरीले दिएको जाहेरीको आधारमा उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक सिह धामीले बताउनुभयो ।
कञ्चनपुर प्रहरीको सहयोगमा उनलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि मंगलबार सोही बलात्कार प्रकरणमा मेलौली नगरपालिका वडा नम्बर २ का २३ वर्षीय प्रबिन चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।
पटक पटक किशोरीलाई बलत्कार गर्नै दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।
मंसीर १७ गते र पुस १५ गते दुबै जनाले आफुलाई बलत्कार गरेको किशोरीले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




