कक्षा १२ को नतिजा १० गतेभित्रै, ‘विद्यालयको चरम लापर्बाही’

दार्चला । कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताउनुभयो ।

‘हामीले विद्यालयहरूलाई निकै धेरै सिकाएका थियौँ तर उहाँहरूले लापर्बाही गरेर कच्चा काम गरेर पठाएकाले १२ कक्षाको नजिता प्रकाशनमा ढिलाइ भएको हो, विद्यालयहरूले कतिसम्म गैरजिम्मेवार काम गर्छन् भन्ने कुरा अहिले देखिएको छ’, परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले भन्नुभयो ।

जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो । परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् । यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?