दार्चुला । मार्मा गाउँपालिकाको वन क्षेत्रमा छ दिनदेखि डढेलो लागेको छ ।

मार्माको वडा नम्बर ४ र ५ क्षेत्रको फपरे सामुदायिक वन क्षेत्रमा लागेको डढेलो छ दिनदेखि नियन्त्रणमा ल्याउन नसकिएको मार्मा गाउँपालिका–५ का स्थानीय लक्ष्मण सिंह महताले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष २५ गतेदेखि उक्त वन क्षेत्रमा डढेलो लागेको छ । स्थानीयहरुले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास गरेपनि नियन्त्रणमा ल्याउन नसकिएको स्थानीय महताले बताउनुभयो ।

वन क्षेत्रमा सुकेका सल्लाका रुखहरु समेत रहेकाले वन क्षेत्रको डढेलो झन् फैलिरहेको छ । अहिले सुख्खा समय रहेको र वन क्षेत्रमा पात तथा रुखहरु सुकेकाले डढेलो जंगलभरी बिस्तार भइरहेको स्थानीयहरुको भनाई छ ।

वैज्ञानिक वन व्यवस्थापन नहुनु तथा डढेलो, आगलागी नियन्त्रणमा सरोकारवालाहरु उदासिन हुदा हरेक वर्ष वन क्षेत्रमा डढेलो फैलिने गरेको छ ।

आगलागीका कारण वन क्षेत्रमा उम्रिएका अमूल्य जडिबुडीका साथै कलिला विरुवा र बनस्पतीहरु समेत नष्ट हुने गरेका छन् । वनजंगलको संरक्षणमा सरोकारवाला सबै जिम्मेवार बन्नु आवश्यक रहेको स्थानीय दिपेश महताले बताउनुभयो । स्थानीयहरुले आगलागी गर्ने÷गराउने व्याक्तिलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?