ब्लड क्यान्सर पिडित बालिका रिता बचाउ अभियानमा सहयोगको अपिल

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाजरी घर भएका नरेन्द्र बोहराकी १३ वर्षीया छोरी रिता बोहरा कलिलो उमेरमै ब्लड क्यान्सरबाट (रक्तक्यान्सर) पिडित हुनुभएको छ ।

बडिपुर माबि सर्मोलीमा कक्षा ८ मा अद्ययनरत बोहरालाई प्राणघातक ब्लड क्यान्सर भएपछि उपचारका लागि रिता बोहरा बचाउ अभियान सञ्चालन गरिएको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी बालिका बोहराको काठमाण्डौँस्थित त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि आर्थिक अभाव भएपछि सबै कार्यालय, संघ, संस्था, समाजसेवी, शुभचिन्तक, इष्टमित्र, आफन्तजन र सम्पूर्ण परोपकारी सहयोगी व्यक्तित्वहरुलाई स्वच्छिक आर्थिक सहयोगको लागि अपिल गरिएको क्यान्सर पिडित रिताका बुबा नरेन्द्र बोहराले बताउनुभयो । रिताको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिन रिता बचाउ अभियानका अभियान्ता दिपक बिष्टले सबैलाई अनुरोध गर्नुभयो ।

सहयोग गर्न चाहाने व्याक्तिहरुलाई दिपक बिष्टको मोबाइल नम्बर ९८६५९७५२९८, रिताका बुबा नरेन्द्र बोहराको मोबाइल ९८४४५९०१३६ र रिताका मामा गणेश सिंह बिष्टको मोबाइल ९८६०८९८५५४ मा सम्पर्क गर्नुहुन वा गणेश सिंह बिष्टको नाममा राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बैतडीमा रहेको खाता नम्बर ४०५०१००००००९८१०४ मा सहयोग रकम जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ ।

भारतका लागि रामसिंह साउँदको नाममा पञ्जाब नेशनल बैंकमा रहेको खाता नम्बर ०७०२०००१००३३०३५४ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ । अहिले देश विदेशमा रहेका धेरै सहयोगी व्यक्तिहरुले रिता बचाउ अभियानमा सहयोग गरिरहेका छन् ।

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, people sleeping तथा  बसिरहेका मानिसहरू

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?