दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री, विघटित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूलाई मातृ शोक परेको छ।
उहाँकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार विहान निधन भएको हो।
कलशा देवीका तीन छोरा छन्। जसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू, महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुलाका पूर्व प्रअ इन्द्रराज बडू र इन्जिनीयर महेन्द्र प्रसाद बडू रहेका छन्।




