दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन साविककै ठाउँ नजिक हुनुपर्ने माग राख्दै स्थानीय संघर्ष समितिले गाउँपालिकामा गरिएको तालाबन्दी जारी राख्ने निर्णय गरेको छ ।

संर्घस समितिको आज बसेको बैठकले गाउँपालिकाको केन्द्र थकतोली सार्ने निर्णय नसच्याए सम्म तालाबन्दी जारी राख्ने सहित विभिन्न निर्णय गरेको स्थानीय राम सिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाको तेस्रो गाउँसभाबाट गाउँपालिकाको केन्द्र शंकरपुर बजार क्षेत्रबाट थकतोली सार्ने निणर्य गरेको विरोधमा गत २४ गतेबाट गाउँपालिका कार्यलयमा तालाबन्दी गरेको स्थानीय संर्घस समितीले गाउँपालिकाले प्रशासकिय भवन सार्नै निणर्य नसच्याए सम्म गाउँपालिका कार्यालयमा तालाबन्दी जारी राख्ने जनाएको छ ।

त्यस्तै बैठकले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरीएको अवस्थामा कार्यालयबाट सेवा प्रवाह गरिएको पाइएमा सो को जिम्मेवारी सम्बन्धित कर्मचारीले लिनुपर्ने निर्णय पनि गरेको स्थानीय संर्घस समितीले जनाएको छ ।

यसैगरी गाउँपालिकाबाट संघर्ष समितिमा वार्ताका लागी प्रस्ताव आएमा वार्ताका लागी तयार रहने पनि बैठकले निर्णय गरेकोे छ ।

केन्द्र विवादकै कारण मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवनमा गत पौष २४ गते देखी तालाबन्दी भएको थियो ।

तालाबन्दी भएको १० दिन वितिसक्दा समेत गाउँपालिका र संर्घस समिती विच सहमती भएको छैन, भने १० दिन देखिको तालाबन्दीले गाउँपालिकाको सेवा प्रवाह ठप्प भएको छ । गाउँपालिकामा लगाइएको ताला खुल्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?