दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेर नभई जुटेर जनुपर्ने पक्षमा आफुहरु रहेको नौगाड गाउँपालिका गाउँ कमिटी अध्यक्ष नारायण ठगुन्नाले बताउनुभएको छ ।

नेकपा ओली समुहको नौगाड गाउँपालिका स्तरिय आमसभा तथा कार्यक्रता भेलालाई सम्बोधन गर्दे उहाँले देश विकास र परिर्वतनको लागी नेकपाले एक जुट भएर अगाडी बढ्नु पर्नै आवश्यक्ता रहेको बताउनुभयो ।

लामो र गरौवसाली इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टी प्रतिको माया, ममता र बिश्वास प्रतेक नौगाड बासिको मनमनमा रहेको अध्यक्ष ठगुन्नाको भनाई थियो ।

कार्यक्रममा बोल्दै उहाँले नेकपाले नेतृत्व गरिरहेको नौगाड गाउँपालिका देशभरिमै विकास र परिवर्तनमा उकृष्ट ५ भित्र रहेको स्मरण गराउनुभयो ।

विकास र परिर्तनको हिसाबले उकृष्ट ५ भित्र नौगाड गाउँपालिका पर्नुको श्रेय नौगाड बासी र नौगाड गाउँपालिकाको नेतृत्व पङ्तीलाई दिनुपर्ने उहाँको भनाई थियो । त्यस्तै उहाँले अझै समाजको विकास र परिबर्तन गर्नु आवश्यक रहेको भन्दै कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो ।

नौगाड गाउँपालिका गाउँ कमिटी अध्यक्ष नारायण ठगुन्नाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा ओली समुहका केन्द्रीय सदस्य चरन सिंह बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

त्यस्तै कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामी, उपाध्यक्ष गौरी देवी ठगुन्ना, नेकपा जिल्ला कमिटी सदस्यहरु खडक सिंह बडाल, उमेश जोशी, धन सिंह ठगुन्ना, राम टमटा, अनेरास्ववियु जिल्ला संयोजक आनन्द बडाल राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान दार्चुलाका अध्यक्ष मनोज सिंह धामी, नेकपाबाट निवर्नचित नौगाड गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, नेकपा गाउँ कमिटीका पदाधिकारी लगायत १५ सय भन्दा बढी स्थानीयको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी १९ जनाले नेकपा प्रबेश गरेको नौगाडबाट लोकदर्पण समाचारदाता प्रकाश सिंह धामीले खबर पठाउनुभएको छ ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?