१० औं पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

दार्चुला । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्ग १० औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनको उपाधि जितेका छन् ।

आईतबार भएको फाईनलमा प्रिन्सले एपीएफका दिपेश धामीलाई २१–१८ र २१–१३ को सेटमा पराजित गरे भने जेशिकाले आर्मीकी रसिला महर्जनलाई १८–२१, २१–१५ र २२–२० को सेटमा पराजित गरे ।

प्रिन्सले शुक्रबार मात्र नेपाल नम्बर एक रत्नजित तामाङ्गलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।

पुरुष युगलमा नविन श्रेष्ठ र रत्न जित तामाङ्गको जोडी सफल बन्यो । नविन र रत्नजितको जोडीले सरोज महर्जन र पविन लिङ्गखेतको जोडीलाई २१–१९, १९–२१ र २१–१३ को सेटमा पराजित गर्यो ।

महिला युगलमा अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बने । आर्मीका खेलाडीद्धयले जेशिका गुरुङ्ग र सुनौना मुखियाको जोडीलाई २१–१८ र २१–१२ को सेटमा पराजित गरे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?