दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना मावि चौपाता र जापानी राजदुतावास काठमाडौं बीच व्यावसायिक प्रशिक्षण केन्द्र परियोजना निर्माण ( भीटीसीसीपी) का लागि द्विपक्षीय सम्झौता भएको छ ।
बुधबार लटिनाथ नमुना मा.वि को व्यावसायिक प्रशिक्षण केन्द्र निर्माण परियोजना (भीटीसीसीपी) निर्माणका लागि सम्झौता भएको विद्यालयका सहायक प्रधानाध्यापक महेश जोशीले जानकारी दिनुभयो ।
सो परियोजना निर्माण पश्चात् त्यस क्षेत्रका बेरोजगार युवाहरुलाई उचित तालीम प्रदान गरिने विद्यालयका प्रधानाध्यापक केशवराज बिष्टले बताउनुभयो । । तालिम पश्चात १०० प्रतिशत स्वरोजगारी प्रदान गर्न प्रतिबद्ध रहेको समेत उहाँले जानकारी गराउनुभयो ।
सो परियोजना लटिनाथ नमुना माविले संचाल गर्नुपाउनु गौरवको विषय भएको प्रधानाध्यापक विष्टको भनाइ छ । साथै जापान सरकार, जापानी जनता र जापानी दूतावासलाई प्रधानाध्यपाक विष्टले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।




