दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा एक किशोरीले आत्महत्या गरेकी छिन् ।
जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका वडा नम्बर ५ मोहती बस्दै आएकी १७ वर्षिया जानकी बडालले मंगलबार विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दका अनुसार किशोरीले विष सेवन गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आत्महत्या गर्नुको अन्य कारण भने खुल्न नसकेको सुचना अधिकारी एवं प्रहरी निरीक्षक चन्दले बताउनु भयो । ती किशोरी खलंगा स्थित छन्ना तिंकरी कन्या माविमा कक्षा १० मा अध्ययनरत रहेका थिए ।




