दार्चुला । लेकम गाउँपालिका प्रबक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले गाउँपालिका प्रबक्ताको पदबाट राजिनामा दिनुभएको छ ।

वडा अध्यक्ष जोशीले बुधबार लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर ऐर समक्ष राजिनामा बुझाउनु भएको हो । वडा अध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि सिफारिस च्यातेको, सेवा ग्राहीलाई सिफारिस नदिएको आरोप लागेपछि गाउँपालिका प्रबक्ताको पदबाट राजिनामा दिएका हुन ।

वडा अध्यक्ष जोशीले अधिकार क्षेत्र नै नभएका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई राजिनामा पत्र बुझाएका हुन । प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर ऐरले वडा अध्यक्ष जोशीले आफुलाई राजिनामा पत्र बुझाएको र आफुले यो आफ्नो अधिकार क्षेत्र नभएको भन्दै गाउँपालिका अध्यक्षलाई पत्र बुझाउन दिएको बताईएको छ ।

गाउँपालिका अध्यक्ष प्रमान्नद जोशीले भने आफुलाई अहिले सम्म राजिनामा पत्र  नआएको बताउनुभएको छ ।गाउँपालिका कार्यालयमा राजिनामा पत्र समेत नभेटिएको स्थलगत रिपोर्टीङमा रहेका लोकदर्पणकर्मी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि अपशब्द प्रयोग गरेको आरोप लागेको छ । गाउँपालिकामा मदिरा निषेध गर्नै जनप्रतिनिधि नै मदिरा सेवन गरि कार्यालयमा जाने गरेको स्थानीयहरुले बताएका छन ।

वडा अध्यक्ष जोशीले सेवा ग्राहीले दिएको सिफारिस च्यातेर फालेको र मदिरा सेवन गरि अपशब्द प्रयोग गरि गाली-गलोैज गरेको आरोप लागेको छ । मदिरा सेवन गरि कार्यालयमा गएको र सिफारिस च्यातेको आरोप लागेपछि जोशीले गाउँपालिका प्रबक्ताको पदबाट राजिनामा दिएको खुलेको छ ।

वडा अध्यक्ष महेन्द्र राज जोशीले मदिरा सेवन गरि कार्यालमा हो हल्ला गरेको तथा कार्यालय बाट पाईने सिफारिसको लागी अनुरोध गर्दा समेत म सिफारिस दिन्न, मैले पदबाट राजिनामा दिइसके म त्यस्तो निवेदनमा हस्ताक्षर गर्दिन, भनेर सिफारिस च्यातेको वडा नम्बर ४ का स्थानीय पुष्कर राज जोशीले बताउनुभयो ।

स्थानीय जोशीले वडा अध्यक्ष महेन्द्र जोशीले मदिरा सेवन गरि हो-हला गरेको सिफारिस नदिएको,सिफारिस च्यातेको र कार्यालयमा मदिरा सेवन गरि गाली गलौज गरेकोले अवश्यक छानविनको लागी गाउँपालिकामा निवेदन दिएका छन ।

तर वडा अध्यक्ष महेन्द्र राज जोशीले भने गाउँपालिकामा नियम संगत तरिकाले काम नभएको कारण पदमा बसिरहनुको औचित्य नभएकोले राजिनामा दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो मैले मदिरा सेवन गरेको भए मेडिकल गरेर था भै हाल्छ, मैले मदिरा सेवन गरेको छैन ।

सिफारिस च्यातेको सम्बन्धमा आवश्यक प्रक्रिया पुरा नभएकोले प्रक्रिया पुरा गरेर ल्याउनुस भनेको हु तर मैले सिफारिस च्यातेको छैन वडा अध्यक्ष जोशीले भन्नुभयो । उहाँले बेरोजगारहरुले रोजगार पाउनुपर्छ भन्ने आफ्नो दाबी रहेको र गाउँपालिकाले नियम अनुसार काम नगरेकोले राजिनामा दिएको बताउनुभयो ।

लेकमका प्रतिनिधिहरुले कार्यपालिकामा मदिरा निशेधित पालिका बनाउन निर्णय गरेका भएपनि आफै मदिरा सेवन गरी कार्यालयमा आउने गरेको स्थानीयहरुको आरोप छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?