बैतडी : महाकाली राजमार्गमा शंकास्पद वस्तु फेला, आवातजावत बन्द

दार्चुला । महाकाली राजमार्गमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चम्तडीमा बीच सडकमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।

रातो कपडामा तारसहित बमजस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

शुक्रबार राति उक्त सडकमा जाँदै गरेको सवारी साधनका चालकले उक्त बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शंकास्पद बस्तु कसले र किन राखेको भन्ने खुल्न सकेको छैन। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नेपाल बन्द आह्वान गरेकाले सोही समूहले राखेको हुन सक्ने प्रहरीको शंका छ। सो शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।

शंकास्पद बस्तु फेला परेपछि रातिदेखि नै राजमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उक्त शंकास्पद बस्तु निष्क्रिय पारेर सवारीसाधन स्कटिङ गरेर गन्तव्य पु¥याइने प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?