मध्यावधि निर्वाचन : बैतडीमा ९ मतदानस्थल थप

दार्चुला । अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा ९ मतदानस्थल थप गरिने भएको छ।

पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा गरी ९ वटा मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

मतदाता संख्या बढी भएको र भौगोलिक रूपमा टाढा रहेको मतदान स्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो। उहाँका अनुसार पुर्चौडी, सिगास र डिलाशैनीमा २/२ र मेलौली, पाटन र पञ्चेश्वर गाउँपालिकामा १/१ मतदानस्थल थप गरिने भएको हो।

पुर्चौडी नगरपालिका वडा नम्बर २ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चौडी नगरपालिका वडा नम्बर १० को गलेश्वर माध्यमिक विद्यालय कटपते, सिगास गाउँपालिका वडा नम्बर ६ को नौला आधारभूत विद्यालय बत्थी, सिगास गाउँपालिका वडा नम्बर ९ को निरपाल आधारभूत विद्यालय चुवा, डिलाशैनी गाउँपालिका वडा नम्बर ५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी गाउँपालिका वडा नम्ब्र ७ को डिलाशैनी मावि खेती गाउँमा मतदानस्थल थपिने भएको जिल्ला निर्वाचन अधिकारी फुयाँलको भनाई छ।

यस्तै, मेलौली नगरपालिका वडा नम्बर ७ मा मणिलेक मावि केशरपुर, पाटन नगरपालिका वडा नम्बर १ को भुवनेश्वर आवि लदौली र पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को आम्पुर मावि विजुललाई पनि नयाँ मतदान स्थलका रूपमा थप्न सिफारिस गरिएको छ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदान स्थलहरूलाई थप गर्ने निर्णयसहित निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?