दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पद खालि भएका मन्त्रालयमा नयाँ मन्त्री थप्नुका साथै नेकपा सुदूरपश्चिम प्रचण्ड–माधब समूहको प्रदेश संसदीय दलभित्रको असन्तुष्टि व्यवस्थापन गर्न मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल विस्तारको तयारी गर्नुभएको छ ।

नेकपा विभाजनपछि रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्नेदेखि अन्य असन्तुष्ट पक्षलाई सरकारमा कुनै न कुनै भूमिका दिएर सन्तुलित रुपले व्यवस्थापन गर्ने काम मुख्यमन्त्रीका लागि त्यति सहज नरहेको राजनीतिक बृत्तमा अनुमान भइरहेको छ ।

भावनामा बहकिएर हठात मन्त्रीमण्डल विस्तार गर्दा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर नै मुख्यमन्त्री सघन परामर्शमा रहेको बताइन्छ। प्रचण्ड–माधब समूहका प्रदेश कमिटी इन्चार्ज भीम रावल धनगढीमै रहेका कारण मुख्यमन्त्री र उहाँका बीचमा असन्तुष्टि व्यवस्थापन गर्न गम्भीर छलफल भइरहेकोा स्रोतले जनाएको छ । पार्टीको केन्द्रिय नेतृत्व तथा शक्ति केन्द्रबाट प्राप्त सुझाब र निर्देशनहरुको पालना समेत गर्नुपर्ने देखिएको छ ।

पार्टीका नेता र आकांक्षी प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री सघन परामर्शमा रहेकै बेला प्रचण्ड–माधब समूहकै एक जना प्रदेशसभा सदस्यबाट सम्भावित विस्तारित मन्त्रीमण्डलको खाकासहित सूची सार्वजनिक भएको छ। जसमा सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्रीलाई हटाएर राज्यमन्त्रीसहित ७ जना नयाँ मन्त्री थपिने उल्लेख छ।

सो सूची अनुसार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीले थालेको देखिन्छ।

नयाँ सामाजिक विकास मन्त्रीमा प्रदेशसभा सदस्य पूर्णा जोशी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रमुख सचेतक तारालामा तामाङ र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विरमान चौधरीलाई नियुक्त गरिने दाबी छ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रीमा मानबहादुर धामी र आर्थिक मामिला तथा योजना मन्त्रीमा पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी बन्ने पनि म्यासेन्जरमा आदानप्रदान भइरहेको सूचीमा उल्लेख गरिएको छ। दार्चुला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेशसभा सदस्य धामी यसअघि मुख्यमन्त्रीका लागि समेत दाबेदार रहेकोले यसपटक मन्त्री बन्ने प्रबल सम्भावना रहेको उहाँ निकट नेताहरुले बताएका छन् ।

विगतमा मुख्यमन्त्रीका दाबेदार समेत रहेका नेकपाका सचेतक अक्कल रावल वन तथा वातावरण राज्यमन्त्री र कुन्ति जोशी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्ने चर्चा चलेको छ। मन्त्रीका दाबेदार झण्डै एक दर्जन नेताहरुले केन्द्रिय अध्यक्षहरुलाइ समेत मन्त्रीका लागि मुख्यमन्त्रीलाई सिफारिस गरिदिन प्रतक्ष, अप्रतक्ष रुपमा अनुरोध समेत गरेका छन् ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?