प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम बाहिरियो

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ ।

मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा ६२ रन बनाएर आउट भयो ।

उसका नारायण जोशले १७ र सन्तोष भट्टले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका कृष्ण कार्कीले ४ तथा अनिल कार्की र विक्रम भुसालले २/२ विकेट लिए ।

आजको हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

लुम्बिनीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?