दार्चुला । दार्चुलामा ट्रकमा आगजानी भएको छ । शनिबार दार्चुला सदरमुकामतर्फ गइरहेको सुपप्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आगजनी गरिएको हो । आज नेकपा विप्लव समूहको नेपाल बन्द आव्हान भएकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको थियो।
तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफु नजिकै जाने भनेर ढाँटेको प्रहरीले बताएको छ । नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको उक्त ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्कर ऐरीले बताउनुभयो ।
ट्रकमा आगजनी गरिएको बारेमा एक एम्बुलेन्स चालकले प्रहरीले जानकारी गराएको थियो । घटना शंकास्पद भएकाले ट्रक साहु बैतडीको डीलासैनी गाउँपालिका वडा नम्बर ५ का देवराज पन्तको र चालक मालिकार्जन गाउँपालिका वडा नम्बर ५ का स्याम पाललाई नियन्त्रणमा लिएर अनुन्सधान भइरहेको प्रहरी जनाएको छ




