दार्चुला । व्यास गाउँपालिकाको वडा नम्बर ४ सुनसेरा मडगाउँको पहिरो नियन्त्रण गर्न गुरुयोजना निर्माण गरिने भएको छ । २०२८ सालदेखि शुरु भएको पहिरो नियन्त्रण र रोकथामको लागि गुरुयोजना निर्माण गरिन लागेको स्थानीय दिपक खातीले बताउनुभयो ।

पहिरोका कारण दर्जनौ वस्ती जोखिममा पर्न थालेको भन्दै गाउँपालिकाले पहिरो नियन्त्रणको लागि प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०७६ भदौ १७ गतेको कार्यपालिका बैठकबाट पहिरो नियन्त्रणको लागि पहल शुरु गरिएको थियो। गाउँपालिकाले जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना पुल्चोक ललितपुरलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

सोहि अनुसार जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका बैज्ञानिक इन्जिनियर विराट श्रेष्ठ नेतृत्वको टोली गुरुयोजना निर्माणको लागि व्यासको सुनसेरा पुगेको छ ।

गुरुयोजना निर्माणपछि पहिरो व्यवस्थापन प्रक्रिया अघि बढ्ने गाउँपालिकाले जनाएको छ । पहिरो नियन्त्रण हुन नसक्दा यहाँका मडगाउँ, भुलचौराका दर्जनौ बस्ती यसअघि नै विस्थापित भएका छन् भने पहिरो रोकिएको छैन् ।

महाकाली नदी किनारबाटै शुरु भएको पहिरो सुनसेरा मडगाउँ पुगेको छ । अहिले पनि पहिरोको छेउछाउमै घरहरु रहेको स्थानीयहरुले बताएका छन् ।

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?