दार्चुला । नेकपाको ओली समूहले बैतडीमा जिल्ला कमिटि विस्तार गरेको छ । जिल्ला कमिटिको विस्तारित बैठकले १७ जनाको जिल्ला कार्यालय गठन गरेको छ भने ७५१ सदस्यीय जिल्ला कमिटि बनाएको छ ।
यस्तै १० ओटै स्थानीय तहमा इन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेको नेकपाको ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालले जानकारी दिनुभयो ।
जिल्ला कार्यालयमा अध्यक्ष सुरेन्द्र पाल सहित चक्र कार्की, रमील बम, लोकेन्द्र भण्डारी, भरत मडै, उकेन्द्र बोहरा, जस्बीर बोहरा, बिस्ना चन्द, गोरखबहादुर चन्द, बिना भट्ट, कर्णबहादुर कुँवर, बलभद्र दयाल, लीला बिष्ट, किशोर धामी, दीपक भट्ट र प्रजापति जोशीलाई मनोनयन गरिएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाको इन्चार्जमा निर्मल पाण्डेय, अध्यक्षमा अजव पाण्डेय र सचिवमा नारायणदत्त भट्टलाई मनोनयन गरिएको छ । पाटन नगरपालिकाको इन्चार्जमा चन्द्रे पहरी, अध्यक्षमा ललितसिंह ठगुन्ना र सचिवमा धर्मराज भट्टलाई मनोनयन गरिएको जिल्ला अध्यक्ष पालले जानकारी दिनुभयो ।
पुर्चौंडी नगरपालिकाको इन्चार्जमा जगी साउँद, अध्यक्षमा कर्णबहादुर धामी र सचिवमा दीलबहादुर धामीलाई मनोनयन गरिएको छ । मेलौली नगरपालिकाको इन्चार्जमा जगदीश नायक, अध्यक्षमा राजबहादुर चन्द र सचिवमा सचिन दयाललाई मनोनयन गरिएको छ ।
यस्तै शिवनाथ गाउँपालिकाको इन्चार्जमा महेन्द्र चन्द, अध्यक्षमा सुरेन्द्र साउँद र सचिवमा मनोज ठकुराठीलाई मनोनयन गरिएको छ । पञ्चेश्वर गाउँपालिकाको इन्चार्जमा जनक चन्द, अध्यक्षमा प्रकाश चन्द र सचिवमा परि चन्दलाई मनोनयन गरिएको नेकपाले जनाएको छ ।
यस्तै सुर्नया गाउँपालिकाको इन्चार्जमा मोहनबहादुर बिष्ट, अध्यक्षमा राजेन्द्र भट्ट र सचिवमा नरेश बिष्टलाई मनोनयन गरिएको छ । सिगास गाउँपालिकाको इन्चार्जमा जस्बीर बोहरा, अध्यक्षमा राजेन्द्र चन्द र सचिवमा जस्बीर साउँदलाई मनोनयन गरिएको छ ।
डिलाशैनी गाउँपालिकाको इन्चार्जमा अक्कल राना, अध्यक्षमा रघुबीर बोहरा र सचिवमा बीरबहादुर माललाई मनोनयन गरिएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाको इन्चार्ज भक्तबहादुर बिष्ट, अध्यक्षमा काशीसिंह बिष्ट र सचिवमा नैनसिंह गोयलालाई मनोनयन गरिएको अध्यक्ष पालले जानकारी दिनुभयो । पाटनमा सम्पन्न भएको जिल्ला कमिटि तेश्रो बैठकले कमिटिहरु विस्तार गरेको जनाइएको छ ।




