दार्चुला । लेकम गाउँपालिका भित्रका विद्यालय कर्मचारी र बालबिकास सहजकर्ता (इसिडि) शिक्षकहरुको भेला खरकडामा सम्पन्न भएको छ । भगतसिंह बगालको अध्यक्षतामा बुधबार सम्पन्न भेलाले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

विद्यालय कर्मचारीहरुले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको, प्रतेक विद्यालय कर्मचारीका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट गत आर्थिक वर्षको अन्तिम चौमासिकमा १० हजार रुपैँयाका दरले विनियोजित प्रोत्साहन भत्ता हालसम्म समेत नपाएको, संघीय सरकारले पोषाक भत्ता गत असारमै निकासा गरिसक्दा समेत नपाएको लगायत विषयमा ध्यानआकर्षण भएको बताउदै पाउनुपर्ने सेवा, सुविधा तत्काल उपलब्ध गराउन लेकम गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको विद्यालय कर्मचारी संघर्ष समितिका सचिव महेश गिरीले जानकारी दिनुभयो ।

अगामी २२ गतेभित्र उक्त सेवा सुविधा प्राप्त नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने उद्धेश्यले भगत सिह बगालको नेतृत्वमा १३ सदस्यिय संघर्ष समिति समेत गठन गरिएको उहाँले बताउनुभयो । संघर्ष समिति, विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुको अर्को बैठक यहि माघ २२ गते बसेर माग सम्बोधन नभए आन्दोलनमा जाने निर्णय गरिएको संघर्ष समिति सहसचिव जानकी जोशीले बताउनुभयो ।

न्यून पारिश्रमिकमा काम गर्न बाध्य विद्यालय कर्मचारीहरुले राज्यले उपलब्ध गराएको सेवा, सुविधा समेत समयमै प्राप्त नगरेपछि दैनिक जीवनयापनमा समस्या हुने गरेको छ । यो समस्या लेकममा मात्र नभइ विभिन्न स्थानीय तहमा रहेको विद्यालय कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?