दार्चुला । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्ष (नेकपा) का मार्मा गाउँपालिका कमिटी अध्यक्ष एबं युवा संघ केन्द्रिय सदस्य नर बहादुर विष्टलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दार्चुलालाई आदेश दिएपछि दार्चुला प्रहरीले बिष्टलाई खोजिरहेको बताएको छ ।

जिल्लामा रहेको भन्ने जानकारीका आधारमा प्रहरी प्रधान कार्यालयले दार्चुला प्रहरीलाई पक्राउ गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह) दार्चुलाले प्रहरीले नेता बिष्टको खोजी गरिरहेको तथा उहाँको परिवारमा आतंक सिर्जना गरिरहेको विषयमा विरोध जनाउदै एक विज्ञप्ती जारि गरेको छ । सरकारको असंबैधानिक कदमका विरुद्ध देशैभर प्रर्दशन भइरहेका बेला नेता विष्ट समेत काठमाण्डौको प्रर्दशनमा सहभागि भएको भन्दै प्रहरीले धरपकड गरिरहेको नेकपा दार्चुलाको ठहर छ ।

आन्दोलनमा सहभागि भएकै कारण प्रहरीले राती घरमा गएर खोजी गरिरहेकाले घरपरिवारमा समेत आतंक सिर्जना भएको नेकपा दार्चुलाको धारणा छ । नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्तीमा उक्त धरपकड राज्यले स्थगित नगरे पार्टीले कडा प्रतिबाद गर्ने चेतावनी दिइएको छ ।

No description available.

युवा नेता नरबहादुर बिष्टले पनि सरकारको असबैंधानिक कदम विरुद्धको आन्दोलनको क्रममा शब्द चयनमा तलमाथि भएकोमा आत्मआलोचित भएको कुरा स्वीकार गर्दै यो घटनाबाट पाठ सिकेर अगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर राजनीतिक आन्दोलनमा नारा लगाएकै आधारमा आफ्नो परिवार, गाउँ र कार्यकर्तामा आतंक सिर्जना गरेकोमा दुख व्यक्त गर्दै राज्य आतंक बन्द गर्न आग्रह गर्नुभएको छ ।

No description available.

काठमान्डौँको एक प्रदर्शनमा नेता बिष्टले संसद विघटन मान्दैनौँ, केपी-विद्या मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, गणतन्त्र नेपाल जिन्दाबाद, विद्या तेरो सिन्दुर खोइ लगायत नारा लगाएको आरोप लागेको थियो । आरोपित विष्टले भने राजनीतिक पुर्वाग्रह राखेर झुटो आरोप लगाइएको भन्दै षडयन्त्रको संज्ञा दिनुभएको छ ।

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?