दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ फिरपाटका ५१ वर्षीय जसुवा महताको उपचारका क्रममा मृत्यु भएको छ ।
एक महिना पहिले देखि ब्रेन ट्युमरको उपचारका लागि शिक्षण अस्पताल काठमाण्डौँमा भर्ना हुनुभएका महताको विहिबार मृत्यु भएको अपिहिमालको छिपुलकेदार माबिका शिक्षक जगत धामीले जानकारी दिनुभयो ।
चिकित्सकले उपचारपछि निको हुने बताएकोले मार्मा र अपिहिमाल गाउँपालिका लगायत विभिन्न व्याक्तिहरुबाट राहत रकम जुटाएर उपचार गराएपनि ज्यान जोगाउन नसकिएको आफन्तजनले बताएका छन् । मृतकका आफन्तहरुका अनुसार एक महिनासम्म उपचारको क्रममा १२ लाख बढी खर्च भएको छ ।
मृतकका दुई छोरा र दुई छोरी रहेका छन् । आज बिहान ९ बजेतिर अस्पतालमै निधन हुनुभएका महताको बेलुकी अन्तिम संस्कार गरिएको छ ।







प्रतिक्रिया