दार्चुला । सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका आजदेखि खुला गरेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।

मन्त्रालयका अनुसार दार्चुलाको खलङ्गा पुलघाट,बैतडीको झुलाघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको हो ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज रुपमा आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ ।

दार्चुला सदरमुकामा रहेका खलंगा पुलघाट नाकामा भने भारतीय पक्षले नियमित पुल खोल्ने बारेमा अहिले सम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नेपाली पक्षले नियमित पुल खोल्ने निर्णय गरेपनि भारतीय पक्षको निर्णय नआउदा  सिमा पुलमा आवत जावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?