दार्चुला । सशस्त्र द्धन्द्ध, माओबादी सेनाका घाइते अपाङ्ग, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते तथा अपाङ्गहरुलाई विवरण पेश गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

कतिपय घाइते अपाङ्गहरुले आफ्नो नाम द्धन्द्धको क्रममा घाइते अपाङ्ग भएका व्यक्ति–परिवारको विवरण कार्यदलमा छुट भएको भनि पटकपटक गुनासो गरेको भन्दै विवरण पेश गर्न प्रशासनले शुक्रबार (आज) एक सूचना जारी गर्दै आग्रह गरेको हो ।

आन्दोलनका घाइते अपाङ्गहरुको पहिचान गरी उनीहरुबाट आवश्यक कागजातसहित निवेदन संकलन गरी एकमुष्ठ विवरण पठाउन पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।

गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाको पुस १६ गतेको कार्यदलमा नाम समावेश नभएका घाइतेहरुको विवरण संकलन गर्न पत्र प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला अन्तरर्गत छुट भएका द्धन्द्धपीडित घाईते÷अपाङ्ग व्यक्तिहरुले द्धन्द्ध पीडित खुल्ने विवरण कागजात यथासक्य चाँडो कार्यालयमा पेश गर्न सूचनामा उल्लेख गरिएको छ।

छविमा समावेश हुनसक्ने: पाठ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?