दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धनगढीमा विशाल विरोधसभा गर्दैछ । नेकपा सुदूरपश्चिमका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध आज अपरान्ह विरोधसभा गर्न लागेको हो ।
विरोधसभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, सभालाई प्रदेश इन्चार्ज भीम रावलले पनि सम्बोधन गर्नु हुनेछ ।
धनगढीको चौराहलगायत आसपासका क्षेत्रबाट निस्किएको विशाल जुलस खुलामञ्च पुगेर विरोधसभामा परिणत हुने नेकपा सुदूरपश्चिमले जानकारी दिएको छ ।
विरोधसभालाई सम्बोधन गर्न अध्यक्षद्वय दाहाल र नेपाल धनगढी पुगिसक्नुभएको छ ।
प्रदर्शनका लागि सुदूरपश्चिम प्रदेशका नौँ वटै जिल्लाबाट ठूलो संख्यामा नेता, कार्यकर्ताहरु धनगढी पुगेका छन् ।





प्रतिक्रिया