दार्चुला । डिलाशैनी गाउँपालिका वडा नम्बर २ गन्ना समैजि मन्दिर क्षेत्रमा शिवलिगं सहितको गुफा भेटिएको छ । गोकुलेश्वरबाट मार्मा जाने सडक नजिक गुफा भेटिएको र गुफाभित्र ढुगां माथि दुई फिट अग्लो १५ सेन्टिमिटर व्यास भएको शिवलिगं भेटिएको गुफा अवलोकन गरेर फर्किनुभएका शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलका शिक्षक सुरेन्द्र बहादुर तितराले बताउनुभयो ।

गत मंगलबार गुफा र शिवलिगंको अवलोकन गरेर फर्किनुभएका तितराले भन्नुभयो, गुफा भित्र ढुगांमाथि आकर्षक शिवलिगं अवस्थित छ, शिवलिगंको छेउमा चट्टाभित्र नागबेली पाटा परेको सर्प आकारका मुर्तीहरु पनि रहेका छन् ।

स्थानीयहरुको भनाई अनुसार, गत वर्ष उक्त क्षेत्रमा लटिनाथ देवताका धामी हर्क बहादुर घरडीले सपनामा शिव भगवान ध्यानमा बसेको देखेको र यो गुफाको सम्बन्ध उक्त सपनासंग जोडिएको छ । गुफाको माथि अगवर रानाको एक्लो घर रहेको र उहाँलाई विगत केहि समययता राती सुतेको बेला अप्ठ्यारो महसुस हुने गरेको छ ।

लटिनाथ देवताका धामी हर्क बहादुर घरडीले शिव भगवान ध्यानमा बसेको सपना देखेको जानकारी गराएको केहि समयपछि स्थानीय अगबर रानाले सोहि क्षेत्रमा शिव भगवानको मुर्ती समेत फेला पार्नु भएको थियो । सडकबाट घरसम्म जाने सिढि बनाउने क्रममा उक्त मुर्ती भेटिएको र खोजि गर्दै जादा रानाले नै गुफाभित्र शिवलिगं भेट्टाएको स्थानीयहरुले बताएका छन् । अहिले उक्त शिवलिंक हेर्न जाने भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।

गुफा क्षेत्रमा भजनकृतज र पुजा पाठ समेत हुने गरेको छ । स्थानीयहरुका अनुसार हिजोआज गुफा हेर्नका लागि दैनिक सयौँ मानिसहरु पुग्ने गरेका छन् । बारिलका शिक्षक तितराले प्राचिन कालमा पहिरोले उक्त गुफा पुरिएको हुनसक्ने आकलन गर्दै थप खोज अनुसन्धान गर्न सके तथ्यहरु फेला पर्न सक्ने बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?