दार्चुला । बुधबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको दार्चुलामा शनिबार बेलुकीसम्म पाँच सय १७ जनालाई खोप लगाइएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियान अन्तरगत शनिबार ८१ जना महिला र ५८ पुरुष गरी कुल एक सय ३९ जनाले खोप पाएका छन् । शुक्रबार दार्चुलाका दुई सय आठ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो । जिल्ला अस्पताल दार्चुलामा स्थापना गरिएको खोप केन्द्रमा शुक्रबार एक सय ४३ महिला र ६५ जना पुरुष गरी दुई सय आठ जनाले खोप पाएका हुन् ।

विहिबार ६९ जना महिला र ५१ पुरुष गरी एक सय २० जनालाई खोप लगाइएको थियो । खोप अभियानको पहिलो दिन बुधबार ५० जनाले खोप पाएका थिए । पहिलो चरणको खोप अभियान पाँच दिनसम्म संचालन गरिनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अहिलेसम्म खोप लगाइएकाहरुमा कुनै किसिमको समस्या नदेखिएको बताइएको छ ।

दार्चुला जिल्लाका लागि एक हजार तीन सय ९० डोज खोप उपलब्ध भएको छ । भारत सरकारले अनुदानमा उपहारस्वरुप उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, सुरक्षाकर्मीहरुलाई लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइदैछ ।

दार्चुलाको महाकाली नगरपालिका, व्यास गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई कोरोना खोप लगाउने अभियान शुक्रबार सम्पन्न भएको छ । मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिका र लेकम गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई शनिबार र आइतबार खोप लगाउने कार्यक्रम रहेको छ ।

सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिल्ला अस्पताल दार्चुलामा रहेको एकमात्र खोप केन्द्रमा खोप लगाइदैछ ।

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू

छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएको

छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको तथा  बाहिरी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?