दार्चुला । गाईले हान्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ की ५० वर्षीया गोमती लुहारको आँफैले पालेको गाईले हान्दा शुक्रबार साँझ मृत्यु भएको हो ।
गोठमा बाँध्ने क्रममा गाईले लुहारलाई हानेको र उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
मृतक लुहारका श्रीमान कामको सिलसिलामा भारतको कश्मिरमा छन् ।
घरमा एक छोरा र एक छोरी रहेको बताइएको छ ।





प्रतिक्रिया