निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा : प्रधानमन्त्री

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा हुने बताउनुभएको छ ।

शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामामा बोल्दै निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा नटेकेको आफूलाई अहिले निरंकुशको संज्ञा दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू सँधै नागरिक सर्वोच्चता र स्वाभिमानका पक्षमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा चुनाव हुने दाबी पनि गर्नुभएको छ । नयाँ जनादेशका लागि चुनाव घोषणा गरेको भन्दै चुनावको मितिमा कुनै तलमाथि नहुने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले चुनावमार्फत् यसको जवाफ पाउने भन्दै अहिले पार्टीमा शुद्धिकरणको काम भइरहेको दाबी गर्नुभयो ।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोपबारे भन्नुभयो, अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?