दार्चुलामा आयोडिन नुनको खपत बढ्दो

दार्चुला । वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका लेकम गाउँपालिका–५ का गोकर्ण भट्ट अहिले आयोडिन नुनको प्रयोग मात्रै गरिरहनुभएको छ । विगतमा चेतनाको अभावका कारण ढिके नुन राम्रो भएको भन्दै आयोडिन छोडेर ढिके नुनको प्रयोग गर्ने गरेकोमा पछिल्लो समय गाईभैसी लगायत घरपालुवा जनावरहरुलाइ समेत आयोडिन नुन खुवाउन थालेको उहाँले बताउनुभयो ।

केहि वर्ष पहिलेसम्म दार्चुलाको सहरदेखी ग्रामिण क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्रि वितरण बढ्न थालेको छ । जनचेतना बृद्धिसंगै मानिसहरुले बानी परिवर्तन गर्न थालेपछि आयोडिन नुनको प्रयोगदर बढ्दै गएको हो । दार्चुलाको खलंगा, गोकुलेश्वर, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्रि डिपो स्थापना भएसंगै जिल्लामा आयोडिन नुनको बिक्रि बितरण र प्रयोग दर बढ्दै गएको छ ।

आयोडिन नुनको बिक्रि डिपोबाट प्रति किलोग्राम नौँ रुपियाका दरले दुई बालबालिका चिन्ह अंकित आयोडिन नुन पाइने गरेको छ । महाकाली नगरपालिका–४ खलंगामा रहेको बिक्रि डिपोबाट चालु आर्थिक वर्षको हालसम्म एक हजार नौँ सय सात क्वीन्टल ८९ किलोग्राम आयोडिन नुन बिक्री भएको डिपो प्रमुख प्रेमसिह कुवरले बताउनुभयो । गत वर्षको तीन सय २९ क्वीन्टल ८८ किलोग्राम नुन मौज्दात रहेको थियो । चालु आर्थिक वर्षको हालसम्म दुई हजार चार सय ६० क्वीन्टल नुन जिल्लालाई प्राप्त भएको छ । गत वर्षको मैजाद र चालु आर्थिक वर्षमा प्राप्त सबैमध्ये अहिले आठ सय ८१ क्वीन्टल ९९ किलोग्राम आयोडिन नुन मौजाद रहेको खलंगा डिपोका प्रमुख कुवँरले बताउनुभयो ।

चालु आर्थिक वर्षमा सम्झौता भएअनुसार अब पाँच सय ४० क्वीन्टल नुन ढुवानी हुन बाकी रहेको छ । विगत वर्षहरुको तुलनामा दुई बालबालिका चिन्ह भएको आयोडिन नुनको प्रयोग तथा बिक्रि बितरणमा सुधार हुदै गएको खलंगा डिपो प्रमुख कुवँरले जानकारी दिनुभयो । खलंगाबाट महाकाली नगरपालिका संगै दुहुँ र व्यासका साथै मालिकार्जुन गाउँपालिकासम्म समेत नुन खपत हुने गरेको छ । यस्तै गोकुलेश्वर डिपोमा समेत नुनको बिक्रिदर बढ्दै गएको छ । गोकुलेश्वरबाट शैल्यशिखर नगरपालिकाका साथै लेकम, मार्मा, नौगाड, मालिकार्जुन गाउँपालिकासम्म नुन विक्री हुँदै आएको छ । अपिहिमालको डिपोबाट समेत ग्रामिणस्तरमा ओयोडिन नुनको बिक्रिवितरण भइरहेको छ ।

खलंगा डिपोबाट मात्रै चालु आर्थिक वर्षको साउन महिनामा दुई सय ३८ क्वीन्टल ६० किलोग्राम, भदौ महिनामा दुई सय ३८ क्वीन्टल ३४ किलोग्राम, असोज महिनामा तीन सय १५ क्वीन्टल पाँच किलोग्राम आयोडिन नुन बिक्रि भएको छ । यस्तै कार्तिक महिनामा तीन सय २६ क्वीन्टल ६० किलोग्राम, मंसिर महिनामा चार सय चार क्वीन्टल १५ किलोग्राम र पुष महिनामा तीन सय ८५ क्वीन्टल १५ किलोग्राम विक्री भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?