नेकपाको पाँचौँ सुदूरपश्चिम प्रदेश कमिटी बैठक सम्पन्न

दार्चुला। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ बैठक आइतबार धनगढीमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन अर्थात प्रतिगामी कदमविरुद्ध शनिबार धनगढीमा भएको विशाल विरोध प्रदर्शन कार्यक्रमको समिक्षा तथा अगामी योजना तय गर्न प्रदेश कमिटी बैठक बसेको दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष एबं नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जमनसिह धामीले बताउनुभयो ।

बैठकले शनिवारको विरोध प्रदर्शन कार्यक्रम उत्कृष्ट व्यवस्थापनका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको उल्लेख गर्दै प्रतिगामी कदमविरुद्धको कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ । यस्तै दोस्रो चरणमा फागुन महिना भित्र-जिल्ला जिल्लामा कार्यकर्ता भेला सम्पन्न गर्ने कार्यतालिका पेस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले निरन्तर संघर्ष कार्यक्रम गर्दै आएको छ । आइतबार दिउँसो आयोजित प्रदेश कमिटी बैठकमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भिम रावल, सहइन्चार्ज लक्ष्मणदत्त जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?