सुदूरपहाडमा पटक-पटक भूकम्पको धक्का महसुस

दार्चुला । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो। उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ।

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उहाँले बताउनुभयो । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।

अहिलेसम्म भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने, पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

सुदूरपश्चिमको दार्चुला सहितको भू-भाग भुकम्पको उच्च जोखिममा रहेको बताइन्छ । जुनसुकै बेला समेत ठूलो भुकम्प जानसक्ने भएकोले भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाएर पुर्वतयारीमा ध्यानदिन सके क्षती कम गर्न सकिने भुगर्भविदहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?